लेखा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
काठमाडौं, चैत २१ : दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार सुरु भएको छ।
सम्मेलनको अर्थमन्त्री युवराज ख....

काठमाडौं, चैत २१ : दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार सुरु भएको छ।
सम्मेलनको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले नेपालमा साफाले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण भएको बताए । उनले भर्खरै सकेको लगानी सम्मेलन र साफाको सम्मेलनले पनि नेपालमा थप लगानीका लागि वातावरण सिर्जना भएको बताए।
साफाको सम्मेलनमा अन्तर्राष्ट्रिय व्यापार अवसर चुनौती, राष्ट्रको उन्नतिमा वैदेशिक सहायताको भूमिका र दीर्घकालिन विकासबारे छलफल हुने छ।
‘सक्षम व्यवसायिक वातावरण र आर्थिक विकास’ भन्ने नाराका रहेको सम्मेलनमा सार्क मुलुकका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन शनिबारसम्म चल्ने छ।
त्यस्तै, साफाको ५८औं बोर्ड बैठक पनि आजै बस्ने छ । बैठकमा नीतिगत तथा रणनीतिगत विषयमा छलफल हुने जनाएको छ।











