Kathmandu Press

प्रधानमन्त्रीको सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन्।

बिहीबार बिहान उनीहरूलाई बालुवाटार बोलाएर प्र....

प्रधानमन्त्रीको सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन्।

बिहीबार बिहान उनीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच बिहान ८ देखि १० बजेसम्म छलफल भएको छ।

प्रदेशले भोगिरहेका समस्या तथा त्यसका समाधानका विषयमा छलफल भएको जनाएको छ । त्यस्तै, कर्मचारी अभाव, स्थानीय, प्रदेश र संघीय सरकारबीच देखिएको समन्वय अभावका विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरूले विकास निर्माण र आर्थिक पारदर्शिताको विषय पनि उठाएका थिए।

मुख्यमन्त्रीहरूले उठाएका समस्याका विषयमा पुनः छलफल हुने जनाएको छ । प्रधानमन्त्री कार्यालयले आज उठेका विषयलाई रिपोट गरेर एजेन्डाका रुपमा औपचारिक बैठकमा प्रस्तुत गर्ने तय गरिएको जनाएको छ।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आ–आफ्ना विचार राखेका थिए।

प्रधानमन्त्रीले पनि उनीहरूका विचिार सुन्दै आफ्नो विचार राखेका थिए।

 

प्रकाशित मिति: १०:४० बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्