Kathmandu Press

ठूलो भएर के बन्ने ? बालबालिकालाई सोध्न छाडौं

‘ठूलो भएपछि के बन्ने?’

सानो छँदा मलाई यो प्रश्नदेखि साह्रै डर लाग्थ्यो। मसँग यस राम्रो उत्तर कहिले हुन्थेन।

चलचित्रकर्मी वा अ....

 ठूलो भएर के बन्ने ? बालबालिकालाई सोध्न छाडौं

‘ठूलो भएपछि के बन्ने?’

सानो छँदा मलाई यो प्रश्नदेखि साह्रै डर लाग्थ्यो। मसँग यस राम्रो उत्तर कहिले हुन्थेन।

चलचित्रकर्मी वा अन्तरिक्षयात्री बन्ने जस्तो ठूलो वा कुनै साहसिक काम गर्ने सपना मैले देखेको थिइनँ। त्यसैले ठूलाबडा सधैं चिन्तित हुन्थे!

Hardik ivf

कलेजमा पुगेपछि म कुनै एउटा काममा मात्रै अल्झिन चाहन्नँ भन्ने बुझेँ। मलाई धेरै थोक गर्नु थियो। त्यसैले एउटा जुक्ति निकालें – ‘अर्गनाइजेसनल साइकोलोजिस्ट’ बनें। अरूको बिग्रेको काम बनाउनु मेरो काम हो। म उनीहरूको काम परोक्ष रूपले अनुभव गर्छु। चलचित्रकर्मीले नयाँ कथाको खोज कसरी गर्छन् र अन्तरिक्षयात्रीले कसरी विश्वास निर्माण गर्छन् – बुझ्ने मौका पाएको छु।

कलिला बालबालिकालाई ठूलो भएपछि के बन्ने भनेर सोध्दा उनीहरूलाई हानी हुन्छ भन्नेमा अब विश्वस्त भएको छु।

यो प्रश्नले कामको आधारमा आफूलाई परिभाषित गर्न बालबालिकालाई बाध्य बनाउँछ। यो मेरो पहिलो गुनासो हो। ठूलो भएर के बन्ने कसैलाई सोध्दा – ‘आमा, बुवा वा निष्ठावान् व्यक्ति’ भन्ने उत्तर सामाजिक रूपमा कदापि स्वीकार्य छैन। अरूको भलो गर्नुपर्छ भनेर आमाबाबुले बालबालिकालाई जति सम्झाए पनि, सफलता नै मूलमन्त्र भएको उनीहरू विश्वास गर्छन्। सायद यो एउटा कारण हुनसक्छ। आफूलाई आफ्नो कामबाट परिभाषित गरे, पाएको उपलब्धिबाट हाम्रो मोल तोकिन्छ।

सबैका लागि एउटा न एउटा काम पक्कै हुन्छ। तर यसकाे प्रभाव अर्काे समस्या हो। आफ्नो ‘कलिङ’ अथवा कर्म पत्ता लागे आनन्द मिल्छ। तर एउटै मात्र कर्मको खोजीमा लाग्ने विद्यार्थीले हराएको र दुविधामा परेको अनुभव गर्ने अनुसन्धानले देखाएको छ। अनि भाग्यले कर्म भेटिए पनि त्यो व्यावहारिक ‘करियर’ नहुन सक्छ। मेरा सहकर्मी र मैले, यस्ता ‘कलिङ’ प्रायः निरूत्तर हराएर जाने पाएका छौं। धेरै ‘करियर प्यासन’ले पैसा कमाउँदैन। हामीमध्ये धेरैसँग त्यो प्रतिभा पनि हुँदैन। 

हाइ–स्कूल भर्ना भएका विद्यार्थीलाई आफूले जे चाह्यो, त्यो बन्न सकिन्छ भनेर प्रशासनले बताएको सुनेपछि लोकप्रिय कमेडियन क्रिस रकले सोधे – ‘महोदय ! तपाईंले उनीहरूलाई किन ढाँटेको?’ हुनसक्छ उनीहरूमध्ये चार जना सोंचेजस्तै, चाहेजस्तै बन्लान् । तर बाँकी दुई हजार जनाले मेहनत गर्न सिक्नुपर्छ। उनले भने, ‘बालबालिकालाई साँचो कुरा बताऔं । तपाईं जेमा सिपालु हुनुहुन्छ, त्यही बन्न सक्नुहुन्छ – त्यो पनि उनीहरूले काममा राखेसम्म।’

यी बाधा पन्छ्याउन सफल भए, तेश्रो अड्चन पनि छ । करियरले बाल्यकालको सपना चकनाचुर बनाउँछ। एउटा ‘आदर्श’ कामको खोजीमा भएका कलेज उत्तीर्ण युवाले पूरै समय चिन्तित, तनावग्रस्त र व्याकुल अनुभव गरेको अर्काे अध्ययनमा पत्ता लाग्यो। परिणामसँग उनीहरू पूर्ण सन्तुष्ट पनि हुनसकेनन्।

टिम अर्बनले लेखेजस्तै यथार्थबाट अपेक्षा घटाउँदा जे आउँछ त्यही खुशी हो! परमानन्दको खोजीमा हुनुहुन्छ भने निराशा हात पर्ने निश्चित छ। आर्थिक मन्दीको समयमा कलेजबाट ‘ग्राजुएट’ हुने व्यक्ति तीन दशकपछि आफ्नो कामसँग बढी सन्तुष्ट हुने एउटा अनुसन्धानले देखाएको छ। उनीहरू कामलाई महत्व दिन्छन्। सायद यस कारण यही होला।

थोरै अपेक्षा राख्नु फाइदाजनक छ। चाहना र परिणामबीच हुने दुरी यसले हटाउँछ। कुनै रोजगारको रंगीन तस्बिर बनाउनुभन्दा त्यो साँच्चिकै कस्तो छ, त्यस्का फाइदा र बेफाइदाबारे यथार्थपरक समिक्षा गर्नु नै उपयुक्त हुनेछ। तपाईंसँग उत्साह नहोला तर यसले तपाईंलाई बढी सिर्जनशील बनाउँछ। हार खान दिँदैन। ओप्रा विन्फ्रेको शब्दमा, ‘तपाईंको कामले तपाईंलाई सधैं सन्तुष्टि दिने छैन।’

हो, भविष्यका कर्णधारलाई ठूलो सपना देख्न, महान लक्ष्य राख्न प्रोत्साहन दिनुपर्छ। मेरो पनि सहमति छ । तर बाँच्नका लागि कामको अध्ययन गर्ने व्यक्तिको दृष्टिकोणबाट हेर्नुहोस्: ती आकांक्षा, महत्वाकांक्षा र लालसाहरू कामभन्दा ठूलो हुनुपर्छ।

बालबालिकालाई के बन्ने भनेर सोध्दा, दबावमा आएर नचाहेको करियरसँग जोडिन सक्छन्। बरू, उनीहरू कस्तो व्यक्ति बन्न चाहन्छन्, अरू के–के गर्न चाहन्छन्, त्यसबारे सोंच्न र छलफल गर्न लगाउनुहोस् ।

न्यूयोर्क टाइम्सबाट अनुदित । एडम ग्रान्ट व्हार्टनका अर्गनाइजेसनल साइकोलोजिस्ट हुन् 

प्रकाशित मिति: ०७:२९ बजे, बिहीबार, चैत २१, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्