Kathmandu Press

डा. केसीको जीवन रक्षाको माग गर्दै आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

काठमाडौं, माघ १७ : नेपाल चिकित्सक संघले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

डा. गोविन्द केसीको जीवन....

डा. केसीको जीवन रक्षाको माग गर्दै आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

काठमाडौं, माघ १७ : नेपाल चिकित्सक संघले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शुक्रबारदेखि सरकारी र निजी अस्पताल तथा मेडिकल कजेलमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेकाे संघले जानकारी दिएकाे छ । 

संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्ति जारी गर्दै सरकारलाई वार्ताको माध्यमबाट समस्या हल गर्न  आग्रह गर्दै अन्यथा योभन्दा कडा कदम चाल्ने चेतावनी दिएका छन्।

सरकारले सामान्य मानवअधिकारको पालनासमेत नगरेको आरोप लगाइएको छ। डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रियसभाले आजैमात्र चिकित्सा शिक्षा विधेयक पास गरेको थियो । 

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, माघ १७, २०७५