हुरीबतास पीडितलाई चारकोठे घर बनाइदिने प्रदेश सरकारको घोषणा
जनकपुरधाम, चैत २०ः प्रदेश २ को सरकारले बारा र पर्साका हुरीबतास पीडितलाई चारकोठे घर बनाइदिने भएको छ।
बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्....
जनकपुरधाम, चैत २०ः प्रदेश २ को सरकारले बारा र पर्साका हुरीबतास पीडितलाई चारकोठे घर बनाइदिने भएको छ।
बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बारा र पर्साका हुरीबतास पीडितलाई चारकोठे घर बनाइदिने बताएका हुन्। उनले हुरीबतासले पूर्णरुपमा घर ढलेका परिवारलाई चारकोठे भवन र आंशिक क्षति पुगेका घरको मर्मत पनि सरकारले गरिदिने बताए।
उनले पीडितका लागि चार महिनाभित्रै घर बनाइदिने दाबी पनि गरे। प्रदेश सरकारले बनाउने घरमा भान्सा र तीन कोठा हुनेछन्। त्योसँगसँगै एउटा शौचालय पनि हुनेछ। उनले प्रभावित क्षेत्रमा लामखुट्टेको प्रकोप देखिएकाले झुल पठाइसकिएको जानकारी पनि दिए। हुरीबतासका कारण घर पूर्णरुपमा ढलेपछि पीडितहरु गर्मीमा खुला आकाशमा बस्न बाध्य छन्। उनले हुरीबतास प्रभावित क्षेत्रमा प्रदेश सरकार पीडितहरुको साथमा रहेको बताए।
बारा र पर्सामा हुरीबतासका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित पनि गरेको छ।






