Kathmandu Press

९४० घर ध्वस्त, ९५५ घरमा क्षति

काठमाडौं, चैत २० : जिल्ला प्रशासन कार्यालय, बाराले आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण एक हजार आठ सय ९५ घरमा क्षति पुगेको विवर....

९४० घर ध्वस्त, ९५५ घरमा क्षति
काठमाडौं प्रेस

काठमाडौं, चैत २० : जिल्ला प्रशासन कार्यालय, बाराले आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण एक हजार आठ सय ९५ घरमा क्षति पुगेको विवरण गृह मन्त्रालयका पठाएको छ।

विवरण अनुसार, २३ जना नेपाली र चार जना भारतीय नागरिकको मृत्यु भएको छ । बारामा नाै सय ४० घर पूर्णतः ध्वस्त भएका छन् । नाै सय ५५ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणमा उल्लेख छ।

विवरणमा जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, प्रसौनी गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, पचरौता नगरपालिका, र परवानीपुर गाउँपालिकामा क्षति भएको जनाइएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी फेटा गाउँपालिकामा १८ जना रहेका छन् । उक्त गाउँपालिकाको वडा नं ६ मा मात्र १२ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।

त्यसैगरी फेटाको वडा न. १ मा ६ जनाको मृत्यु भएको छ । फेटामा एक सय ८६ घर र एउटा इँटा उद्योगमा क्षति पुगेको छ।

कलैया उपमहानगरपालिकामा पाँच जनाको मृत्यु भएको छ । ४० वटा घर र दुई वटा इँटा उद्योग क्षतिग्रस्त भएका छन्।

तीन जनाको मृत्यु भएको सुवर्णपुरमा चार सय ३४ घर क्षतिग्रस्त भएका छन्।

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, चैत २०, २०७५