Kathmandu Press

ट्रान्सक्रिप्ट २४ घण्टामै पाइने

काठमाडौं, चैत २० : त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घण्टामै उपलब्ध गराउने भएको छ।

....

ट्रान्सक्रिप्ट २४ घण्टामै पाइने
फाइल फोटो

काठमाडौं, चैत २० : त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घण्टामै उपलब्ध गराउने भएको छ।

पहिलो चरणमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउने जनाएको छ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आगामी वर्षदेखि  स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने बताए।

त्रिविले ‘टीयु एक्जामिनेसन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ सफ्टवेयरमार्फत निवेदन दिएको २४ घष्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो।

ट्रान्सक्रिप्टका लागि सबै विद्यार्थीका तथ्याङ्कलाई ‘डाटा सेन्टर स्टोर’मा सार्ने काम अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार कानून र विज्ञान सङ्कायका विद्यार्थीको तथ्याङ्क सार्ने काम अन्तिम चरणमा पुगेको छ।

त्रिविले विद्यार्थीको ०५४ देखिको तथ्याङक पनि सार्न थालेको छ। त्यसअघि त्रिविले हस्तलिखित ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको थियो।

त्रिविले मानविकि सङ्कायको (बिए) यसैहप्ताबाट ट्रान्सक्रिप्ट दिन थालेको हो भने व्यवस्थापन र विज्ञान सङ्कायको ट्रान्सक्रिप्ट चाँडै नै दिने तयारी थालिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।

त्रिविले सबै सङ्कायको ट्रान्सक्रिप्टका लागि एकद्धार प्रणालीमार्फत विवरण गर्ने छ । अहिले सङ्कायपिच्छे फरक÷फरक ठाउँबाट ट्रान्सक्रिप्ट दिने गरेको त्रिविले ‘ट्रान्सक्रिप्ट युनिट’ खडा गरेर एकद्वार प्रणालीबाट सवै सङ्कायका ट्रान्सक्रिप्ट दिइने उनले बताए। त्रिविले स्नातकपछि स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट दिने भएको छ।

परीक्षाफल तीन महिनामा

यसैगरी त्रिविले परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ । यसअघि परीक्षा दिएको नौ महिनासम्म परीक्षाफल प्रकाशित गर्ने गरेको त्रिविले अब तीन महिनमा परीक्षाफल प्रकाशित गर्ने छ।

‘अहिले परीक्षा दिएको पाँच महिनामा परीक्षाफल प्रकाशित गर्ने गरेका छौ,’ उनले भने, ‘‘अब हामीले परीक्षाफल तीन महिनामा प्रकाशित गर्ने गरी काम गरिरहेका छौ ।’ (रासस)

 

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, चैत २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्