विप्लवका पाँच सय ४० नेता कार्यकर्ता पक्राउ
काठमाडौं, चैत २० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका अहिलेसम्म पाँच सय ४० नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
व....

काठमाडौं, चैत २० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका अहिलेसम्म पाँच सय ४० नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
वैशाखदेखि अहिलेसम्म विभिन्न घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मंसिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन्।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, पक्राउ परेका नेता तथा कार्यकर्तासँग चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालीम गराउने दस्तावेजलगायतका सामग्री भेटिएका छन्।
प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए । ‘पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेका छौं र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौं,’ उनले भने।











