ओलम्पिक छनोटका लागि नेपाल र म्यानमार भिड्दै
काठमाडौं, चैत २० : ओलम्पिक छनोटका लागि दोस्रो चरणको खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र म्यानमारबीचको खेल आज साँझ ५ म्....

काठमाडौं, चैत २० : ओलम्पिक छनोटका लागि दोस्रो चरणको खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र म्यानमारबीचको खेल आज साँझ ५ म्यानमारको घरेलु मैदानमा हुनेछ । आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताए।
ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको शुरुआतमै सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो । त्यसपछिका दुई खेलमा भने नेपाल म्यान्मासँग पराजित भएको थियो।
फिफा बरियतामा नेपाल १०३ स्थानमा छ । म्यानमार ४४ स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग यही चैत २६ गते खेल्नेछ।
म्यानमारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो।











