राजविरासमा हवाइ सेवा बन्द
राजविराज, चैत २० : सप्तरीको राजविराजस्थित विमानस्थलबाट सञ्चालन हुँदै आएको हवाइ सेवा बन्द भएको छ।
यो विमानस्थलमा असार १० गतेदेखि नियमित हवाइ ....

राजविराज, चैत २० : सप्तरीको राजविराजस्थित विमानस्थलबाट सञ्चालन हुँदै आएको हवाइ सेवा बन्द भएको छ।
यो विमानस्थलमा असार १० गतेदेखि नियमित हवाइ सेवा संचालन भएको थियो । श्री एयरलायन्सले शुरुआतमा हप्ताको पाँच दिन उडान भरेको थियो।
त्यसपछि केही महिनामा प्राविधिक त्रुटि देखाउँदै हप्ताको तीन दिन उडान भर्दै आएको थियो । बुधबारदेखि भने उडान बन्द गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण, राजविराज कार्यालयले जनाएको छ।
श्री एयरलायन्सका स्टेसन म्यानेजर सुरेश मल्लिकका अनुसार विमानको इन्जिन मर्मतको भइरहेकाले हवाइ सेवा बन्द गरिएको हो । विमानको इन्जिन मर्मत गर्न एक–दुई हप्तासम्म लाग्ने भएकाले तत्कालका लागि राजविराज विमानस्थलमा श्री एयरलायन्सले आफ्नो उडान सेवा बन्द गरेको उनले बताए। (रासस)











