Kathmandu Press

बार मतगणनाकाे दाेस्राे दिन लोकतान्त्रिकले उछिन्याे प्रगतिशीललाई 

काठमाडौं, चैत १९: नेपाल बार एसोसिएसनको मतगणनाको आज साँझ ६ बजेसम्म प्राप्त मनगणनाको परिणाम अनुसार अधिवक्ता सुनील पोखरेलले नेतृत्व गरेको लोकतान्त्र....

बार मतगणनाकाे दाेस्राे दिन लोकतान्त्रिकले उछिन्याे प्रगतिशीललाई 

काठमाडौं, चैत १९: नेपाल बार एसोसिएसनको मतगणनाको आज साँझ ६ बजेसम्म प्राप्त मनगणनाको परिणाम अनुसार अधिवक्ता सुनील पोखरेलले नेतृत्व गरेको लोकतान्त्रिक समूह (डीएलए) ले थोरै मतले अग्रता लिएको छ.

प्राप्त परिणामअनुसार, अध्यक्षमा पोखरेलले ९८३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेद्वार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले ९२४ मत हासिल गरेका छन्।त्यसैगरी, महासचिव र कोषाध्यक्षमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल र तेजबहादुर रावलले क्रमशः ९६४ र ८९० मत पाएका छन्। उनीहरूका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्र थापा र रुद्र पोखरेलले क्रमशः ९०० र ९५६ मत पाएका छन्। 

आज साँझसम्म उपत्यकाबाहिरका पाँच ठाउँबाहेक सबै मत गणना सकिने छ । दाङ देउखुरी, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको मात्र मत गणना बाँकी रहने छ। दुबै समूहको लागि निर्णायक मत भने काठमाडौं उपत्यकाको रहेकाले अहिले नै कुन समूहले जित्ला भन्ने आँकलन गर्न गाह्रो छ।

 

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्