Kathmandu Press

बजार अब मुख्य प्रतिरोधहरूको नजिक, के तोड्न सक्ला नेप्सेले?

काठमाडौं, चैत १९ः दोस्रो बजारले सोमबारको वृद्धिलाई आज पनि निरन्तरता दिएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १३ दशमलव ७२ अंकले वृद्धि....

बजार अब मुख्य प्रतिरोधहरूको नजिक, के तोड्न सक्ला नेप्सेले?

काठमाडौं, चैत १९ः दोस्रो बजारले सोमबारको वृद्धिलाई आज पनि निरन्तरता दिएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १३ दशमलव ७२ अंकले वृद्धि हुँदै ११६३ दशमलव ४७ को विन्दुमा पुगेको छ।

आज दोस्रो बजार परिसूचक १ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ।  आज बजार ११४९ दशमलव ९९ को विन्दुमा खुलेको थियो भने ११६४ दशमलव ८६ को उच्च विन्दुसम्म पुगेको थियो।  आज बजारको न्यून विन्दु ११४९ दशमलव ६९ थियो। आज दिनभरमा ५० करोड ८ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक वृद्धिसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ।

प्राथमिक बजार गतिविधि

Hardik ivf

-  नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १०० रुपैयाँ अंकित मुल्यमा १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले चैत १८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो। 

- घोडिघोडा लघुवित्त वित्तीय संस्था र शिव श्री हाइड्रोपावरले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन्। शिव श्री हाइड्रोपावरले ३३ करोड ५१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको  छ भने घोडिघोडा लघुवित्त वित्तीय संस्थाले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको छ। दुवै कम्पनीले चैत १७ गते धितोपत्र बोर्डमा आवेदन दिएका हुन्।  

आजको बजारको अवस्था:

 

आज सर्वाधिक कारोबार हुने:
आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्स बैँक लिमिटेडको शेयर किनबेच भएको छ।  नेपाल क्रेडिट एण्ड कमर्स बैँक लिमिटेडको ४ करोड २५ हजार बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने:
आज भार्गव विकास बैंकका शेयरधनीले सर्वाधिक ९ दशमलव ४० प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ५८ प्रतिशतले गुमाए।

आज नेप्सेमा आएका घोषणाहरु:  
-आज नेपाल स्टक एक्सचेञ्जमा आइएमई जनरल इन्स्योरेन्सकोे ४३ लाख २० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ। 

प्राविधिक विश्लेषण :
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, दैनिक मैनबत्तीमा देखिएबमोजिम १९ चैत, २०७५ मा बजार ११६३.४७ अंकमा बन्द भएको छ। हिजोको कारोबारमा क्रेताहरुको चाप रहेको संकेतका साथै आज बजार १३.७२ अंकले बढेको छ। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले बजार अर्को कारोबार दिनमा पनि बढ्न सक्ने संकेत गर्दछ। यस्तै, आजको कारोबार परिमाण पनि बढेको छ, यसले बजारमा क्रेताहरुको सहभागिता राम्रो रहेको संकेत गर्दछ र बजार बढ्न सक्ने संकेतलाई थप मद्दत गर्दछ।

चित्र नं.२ः १५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, बजारमा केही दिनदेखि के भइरहेको छ भनि हेर्नलाई हिजोको विश्लेषणमा १५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको थियो र निश्कर्षमा उल्लेख गरे अनुसार च्यानलको माथिल्लो प्रवृत्ति रेखालाई नेप्सेले निश्चित रुपमा तोडेमा बजारको तत्कालिन प्रतिरोध ११६५ को क्षेत्रमा रहन सक्ने सम्भावनालाई आज पुष्टि गरेको छ। 

६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले बजारमा क्रेताहरुको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६७.९३ अंकमा रहेको छ। यसले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी बिक्री भएको संकेत गरेको भने नेप्सेको प्रवृत्तिसँग दाजेर हेर्दा यसको प्रवृत्ति सामान्य देखिन्छ।

निष्कर्ष

माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने बजार केही समयदेखि बढ्दो प्रवृत्तिमा रहेको र एक पछि अर्को सामान्य प्रतिरोध क्षेत्रलाई बजारले तोड्न सफल रहेको देखिन्छ।  यदि नेप्सेले ११६५ को प्रतिरोधलाई पुनः तोड्न सके बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध ११७० मा रहेको देखिन्छ।

नेप्से हाल छोटो प्रवृत्तिको बढ्दो बजारमा सीमित रहेको छ। अब नेप्सेले मुख्यप्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ, जहाँ बिक्रेताहरुको चाप हुन सक्ने प्रवल सम्भावना हुन्छ। त्यसैले लगानीकर्ता र कारोबारीहरु सजग रहनु पर्ने देखिन्छ। अबको तत्कालिन सामान्य टेवा ११६० मा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्