Kathmandu Press

शशांक कोइरालाले भने–धार्मिक स्वतन्त्रताका पक्षमा अडिग छु

वालिङ, चैत १९ः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको बताएका छन्। 

नेपाल ....

शशांक कोइरालाले भने–धार्मिक स्वतन्त्रताका पक्षमा अडिग छु

वालिङ, चैत १९ः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको बताएका छन्। 

नेपाल प्रेस युनियन स्याङ्जाले मंगलबार विहान वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले आफू र आफ्नो पार्टी धार्मिक स्वतन्त्रताका पक्षमा अडिग रहेको बताएका हुन्। 

नेपालमा हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रह गर्नु पर्ने बताउँदै आएका कोइरालाले पछिल्लो समय बोली फेर्दै धार्मिक स्वतन्त्रताका पक्षमा उभिएका हुन्। उनले सबैलाई धार्मिक स्वतन्त्रताका पक्षमा रहन आग्रह पनि गरे। 

फरक प्रसंगमा कोइरालाले कांग्रेसभित्रको गुट–उपगुट महाधिवेशनसम्मै रहने र त्यसपछि अन्त्य हुने बताए।  पार्टीभित्र केही तिक्तत्ता रहेको बताउँदै उनले  पार्टी एक ठाउँमा उभिँदा कसैले हराउन नसक्ने बताए। 

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवं अनुशासन समितिका सदस्य धनराज गुरुङले अनुशासन समितिले गुटउपगुट र पदलाई नचिन्ने बताए। उनले गल्ती गर्नेलाई प्रमाणका आधारमा कारवाही गरिने स्पष्ट पारे। 

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्