हुरीबतास प्रभावित क्षेत्रमा देउवा, २५ लाख दिने घोषणा
बारा, चैत १९ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्साको हुरीबतास प्रभावित क्षेत्रमा पुगेका छन्।
<....
बारा, चैत १९ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्साको हुरीबतास प्रभावित क्षेत्रमा पुगेका छन्।
मंगलबार विहान सभापति देउवाले बाराको फेटा गाउँपालिका, भरवलिया र पुरैनिया गाउँ पुगेर हुरीबतास प्रभावित, घाइते तथा मृतकका परिवारलाई भेटेका हुन्। सभापति देउवा बारा पुग्नुअघि पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल र नेश्नल अस्पताल पुगेर त्यहाँ उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
सभापति देउवाले हुरीबतास प्रभावितहरुलाई सहयोग गर्न कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका थिए। हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पु¥याएको भन्दै सभापति देउवाले विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन सरकारलाई आग्रह पनि गरे। उनले हुरीबतासले भत्काएका भौतिक संरचना जतिसक्दो चाँडै निर्माण गर्न र नयाँ संरचना तयार गरेर तत्काल पुनर्निर्माणको काम अघि बढाउन सरकारलाई अनुरोध पनि गरे।
देउवाले कांग्रेसले हुरीबतास प्रभावितलाई कांग्रेस २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने पनि घोषणा गरेका थिए। सभापति देउवाले घोषणा गरेको २५ लाख रुपैयाँ राहत रकम सरकारी राहत कोषमा जम्मा गरिने छ। कांग्रेस संसदीय दलले आफ्ना सांसदहरुको दुई दिनको पारिश्रमिक र प्रदेश २ को संसदीय दलले १० लाख रुपैयाँ छुट्टै सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेका छन्।







