डा.गोविन्द केसी औषधि बोकेर बारा पुगे
बारा, चैत १९ : डा.गोविन्द केसी औषधि र लुगाकपडा बोकेर बारा पुगेका छन् । हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्न डा.केसी बारा पुगेका हुन....

बारा, चैत १९ : डा.गोविन्द केसी औषधि र लुगाकपडा बोकेर बारा पुगेका छन् । हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्न डा.केसी बारा पुगेका हुन्।
उनी मंगलबार दिउसो हावाहुरी प्रभावित फेटा गाउँपालिकाको पुरनियाँ पुगेका छन् । पुरनियाँमै स्वास्थ्य शिविर चलाउने जनाएको छ।
उनी सोमबार राति काठमाडौंबाट बारातिर आएका थिए । रात्रिबसमा बारा आएका उनले लुगाकपाडा र खाद्यान्न पनि लिएका छन्।
यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । व्यक्तिगत खर्चमै बारा पुगेका उनले शिविर चलाउने र त्यही वरपरका बासिन्दालाई खाद्यान्न तथा लुगाकपडा वितरण गर्ने उनले बताए।
अत्यावश्यक औषधि बोकेर बारा पुगेका डा.केसीलाई सघाउन अन्य स्वास्थ्यकर्मी पनि सँगै आएका छन्।
आइतबार राति आएको हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ । ६ सयभन्दा बढी घाइते भएका छन् । उनीहरूको वीरगञ्ज, बुटबल र काठमाडौंमा उपचार भइरहेको छ । केही सामान्य उपचार पछि घर फर्किएका छन्।











