Kathmandu Press

सर्वोच्च र उच्च अदालतमा २३ न्यायाधीश सिफारिस

काठमाडौं, चैत १९ : न्यायपरिषद्ले सर्वोच्च र उच्च अदालतमा २३ जना न्यायाधीशको सिफारिस गरेको छ।

मंगलबार बसेको परिषदको बैठकले सर्वोच्च अदालतमा प....

सर्वोच्च र उच्च अदालतमा २३ न्यायाधीश सिफारिस

काठमाडौं, चैत १९ : न्यायपरिषद्ले सर्वोच्च र उच्च अदालतमा २३ जना न्यायाधीशको सिफारिस गरेको छ।

मंगलबार बसेको परिषदको बैठकले सर्वोच्च अदालतमा पाँच जनालाई सिफारिस गरेको हो । सर्वोच्चमा सिफारिस हुनेमा उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश सुष्मालता माथेमा, बरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा रहेका छन्।

त्यस्तै, १८ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । जसमा नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल, पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल रहेका छन्।

त्यस्तै, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी र पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन्।

यसैगरी अधिवक्ताबाट पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । न्यायाधीशमा सिफारिस भएका अधिवक्ताहरूमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया रहेका छन्।

 

प्रकाशित मिति: १३:५० बजे, मंगलबार, चैत १९, २०७५