Kathmandu Press

बाबुराम भट्टराईले आधा महिनाको तलब दिने

काठमाडौं, चैत १९ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बारा–पर्सामा विपत्तिमा परेका स्थानीयका लागि आधा मह....

बाबुराम भट्टराईले आधा महिनाको तलब दिने

काठमाडौं, चैत १९ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बारा–पर्सामा विपत्तिमा परेका स्थानीयका लागि आधा महिनाको तलब दिने घोषणा गरेका छन्। उनले उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन्। 

पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेको छ, ‘बारा–पर्सामा भीषण आँधिबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुस्खित छ। विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरूलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्।

त्यसैगरी राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सीधै वा आआफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरे। उक्त रकमलाई एकमुष्ट रूपमा प्रदेश २ का मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी पनि उनले दिएका छन्।

‘मैले व्यक्तिगत रूपमा आफ्नो प्रतिनिधिसभा सदस्यबापतको आधा महिनाको तलब प्रदान गर्नेछु,’ उनले भने।

प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्