बारको प्रारम्भिक मतगणनामा एनएलएको अग्रता
काठमाडौं, चैत १८ः नेपाल बार एसोसिएसनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा समर्थित प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए) अगाडि देखिएको छ।
....
काठमाडौं, चैत १८ः नेपाल बार एसोसिएसनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा समर्थित प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए) अगाडि देखिएको छ।
वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेतृत्व गरेको सो समूहले इलाम जिल्लामा जितेको छ । झापा जिल्ला र विराटनगर उच्च बारमा पनि अग्रता कायम गरेको छ। नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय, रामशाहपथ (काठमाडौं) मा जारी मतगणनाअनुसार, इलाममा प्रगतिशील समूहले अध्यक्षमा ५१, महाचिवमा ४७ र कोषाध्यक्षमा ५३ मत पाएको छ।
सुनील पोखरेलले नेतृत्व गरेको कांग्रेस समर्थिन बृहत् लोकतान्त्रिक समूह (डीएलए) का उम्मेद्वारले अध्यक्षमा २५, महासचिवमा २७ र कोषाध्यक्षमा २२ मत मात्र पाएको छ। इलामको मत गणना सकिइसकेको छ। झापाको ५० मत गणना गर्दा अध्यक्षमा एनएलएका अध्यक्षमा २९, महासचिवमा २५ र कोषाध्यक्षमा २९ मत पाएको छ। निकटतम प्रतिद्वन्द्वी डीएलएका उम्मेद्वारले अध्यक्षमा २१, महासचिवमा २१ र कोषाध्यक्षमा १८ मत मात्र पाएको छ।
विराटनगर उच्च अदालत बारको ५० मत गणना गर्दा एनएलएले अध्यक्ष र महासचिवमा ४१–४१ मत पाएको छ। त्यस्तै डीएलएले अध्यक्षमा ७ र महासचिवमा ६ मत मात्र पाएको छ।











