Kathmandu Press

नेपाली र अमेरिकन नागरिकलाई अब ५–५ वर्षको भिषा

काठमाडौं, चैत १८ः नेपाल आउने अमेरिकन नागरिक र अमेरिका जाने नेपाली नागरिकले अब पाँच–पाँच वर्षको भिषा पाउने भएका छन्। यसअघि नेपाल आउने अमेरिक....

नेपाली र अमेरिकन नागरिकलाई अब ५–५ वर्षको भिषा

काठमाडौं, चैत १८ः नेपाल आउने अमेरिकन नागरिक र अमेरिका जाने नेपाली नागरिकले अब पाँच–पाँच वर्षको भिषा पाउने भएका छन्। यसअघि नेपाल आउने अमेरिकी नागरिकले तीन र अमेरिका जाने प्राय नेपालीले पाँच वर्षको भिषा पाउने गरेका थिए।

सोमबार नेपालद्वारा अमेरिकी नागरिकलाई जारी गरिएको पहिलो पाँच वर्षीय बहुप्रवेश पर्यटक भिसा हस्तान्तरण कार्यक्रमको अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले संयुक्तरुपमा अवलोकन गरेका थिए।  सोमबार हस्तान्तरण कार्यक्रमसँगै नेपालले पनि अमेरिकी आगन्तुकका निम्ति भिसाका एउटै शर्त अपनाएको छ। अमेरिकी सरकार र नेपाल सरकारले अक्टोबर २०१७ देखि नै सबै प्रकारका भिसामा पारस्परिकता स्थापित गर्नेतर्फ काम गर्दै आएका थिए।

अमेरिका र नेपालका भिसासम्बन्धी व्यवस्थामा समरूपताको स्थापनाले नेपाल आउने अमेरिकी पर्यटक तथा व्यावसायिक प्रतिनिधिहरूको सङ्ख्या तथा बारम्बारतामा वृद्धि गर्ने अवसर सिर्जना गर्नेछ। गत वर्ष ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरेका थिए। सन् २०१७ को तुलनामा अमेरिकी आगन्तुकको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ। पाँच वर्षका लागि बहाल रहने बहुप्रवेश सुविधासहितको पारस्परिक पर्यटक भिसा प्राप्तिसँगै अमेरिकी नागरिकहरूले सहजै र अझै धेरै पटक नेपाल आउने मौका पाउने छन्।

कार्यक्रम म्युस्सीले भिषा बहाल रहने अवधिमा विस्तार तथा खर्चमा कमी अमेरिका र नेपाल दुवैका लागि राम्रो कुरा भएको बताए। ‘हाम्रा जनसमुदायबिच अझ बढी सम्बन्धहरू अन्वेषण गर्ने अवसरहरू सम्भव बनाउँदै यसले हाम्रा मुलुकहरूबिच आर्थिक क्रियाकलाप र आदानप्रदानलाई बढावा दिनेछ,’ उनले भने।
 

प्रकाशित मिति: १९:२९ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्