केही समयदेखि बजार बढ्दो प्रवृत्तिमा, के होला अब?
काठमाडौं, चैत १८ः आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ६ दशमलव ४३ अंकले वृद्धि हुँदै ११४९ दशमलव ९९ को विन्दुमा पुगेको छ। आज दोस्रो ब....
काठमाडौं, चैत १८ः आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ६ दशमलव ४३ अंकले वृद्धि हुँदै ११४९ दशमलव ९९ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचक ० दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ। ११४३ दशमलव ५९ को विन्दुमा खुलेको बजार ११५२ दशमलव ३७ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११४२ दशमलव ०६ मा थियो भने दिनभर ३५ करोड २८ लाख बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था:
आज सर्वाधिक कारोबार हुने:
आज सबै भन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनआइसी एसिया बैंक लिमिटेडको २ करोड २० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने:
आज नेप्सेमा आएका घोषणाहरु:
- आज नेपाल स्टक एक्सेञ्जमा सांग्रिला डेभलपमेन्ट बैंक १० लाख २ हजार ५ सय ५४ कित्ता र सिन्धु विकास बैंकको २ लाख ८० हजार ८ सय ८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन्। त्यस्तै, लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४ सय ३६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका छन्।
अन्य गतिविधि
नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेकरमा संशोधन गरेको छ। नयाँ नियम मंगलबारदेखि लागू हुनेछ। नयाँ नियम अनुसार नेप्से परिसूचक शेयर बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशतले तल माथि भएमा २० मिनेटका लागि कारोबार रोकिने छ। त्यस्तै, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटबढ भएमा ४० मिनेटसम्म र ६ प्रतिशतले बजार घटबढ भएमा बाँकी पूरै दिनका लागि कारोबार बन्द गरिनेछ।
प्राविधिक विश्लेषणः
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिएबमोजिम १८ चैत, २०७५ मा बजार ११४३९.९९ अंकमा बन्द भएको छ। हिजोको कारोबारमा क्रेता र बिक्रेताको चाप बराबर जस्तो भएपनि आजको मैनबत्तीले बजारमा क्रेताहरुको चाप रहेको देखिन्छ। यसले हिजो बढ्दो बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेतलाई रद्द गरेको छ। आजको कारोबार परिमाणले आजको मैनबत्तीलाई पनि समर्थन गरेको छ।
चित्रनं.२ः १५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, बजारमा केही दिनदेखि के भइरहेको छ भनि हेर्नलाई आज १५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। ग्त ५ दिनदेखि बजारको अधिकतम र न्यूनतम अंकहरु बढी रहेको देखिन्छ। बजार बढ्दो प्रवृत्तिको च्यानलमा सीमित रहेको देखिन्छ र हाल बजार प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरु एकआपसदेखि टाढिँदै गएकाले बजारमा क्रेताहरुको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६५ अंकमा रहेको छ। यसले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले हिजो बजारमा बढी शेयर खरिद भएको संकेत गरे पनि आज शेयर खरिदको चाप कम हुँदै गएको संकेत गरेको छ।
निष्कर्ष
माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने बजार केही समयदेखि बढ्दो प्रवृत्तिमा रहेको र हिजोको ११५० को प्रतिरोधलाई तोड्न सके पनि च्यानलको माथिल्लो प्रवृत्ति रेखा अब प्रतिरोधको रुपमा देखिएको छ। यदि नेप्सेको प्रवृत्तिले माथिल्लो प्रतिरोध रेखालाई निश्चित रुपमा तोड्न सके बजार अझ केही सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध ११६५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै बजारले च्यानलको तल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोडेमा केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा ११३० देखि ११३५ को क्षेत्रमा देखिन्छ।