Kathmandu Press

राष्ट्रपतिद्वारा राहत र उपचारमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण

काठमाडौं, चैत १८: राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ वर्षासँगै आएको भीषण आँधिबेहरीका कारण बारा र  पर्सा जिल्लामा भएको ठूलो मानवीय क....

राष्ट्रपतिद्वारा राहत र उपचारमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण

काठमाडौं, चैत १८: राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ वर्षासँगै आएको भीषण आँधिबेहरीका कारण बारा र  पर्सा जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेकी छिन्।

उनले घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण पनि गराएकी छन्। उनले मृतकप्रित श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरिन्। आँधिबेहरीउक्त त्यस क्षेत्रमा रहेका घर, सवारीसाधन, अन्नबाली, फलफूलखेतीका साथै अन्य भौतिक संरचनामा पुर्‍याएको क्षतिप्रति पनि दुःख व्यक्त गरिन्।

घटनामा ठूलो संख्यामा जनसमुदाय घाइते भएकोमा सहानुभूति प्रकट गरिन्। हावाहुरी, बाढी, पहिरो, डँढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बन्धित सबै पक्षले समयमा नै पूर्व सावधानी अपनाउन समेत ध्यानाकर्षण गराएकी छन्। साथै भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपायहरू अवलम्बन गर्न सरोकारवाला सबै पक्षहरू सचेत रहनुपर्ने कुरा पनि उनले बताइन्।

साथै, हालै मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदना प्रकट गर्दै   घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्