हुरीबतासका घाइतेहरूलाई अस्पतालमै पुगेर भेटे पौडेलले
काठमाडौं, चैत १८: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बारा र पर्सामा आएको हावाहुरीमा परी गम्भीर घाइते भएर उपचार गराइरहेका घाइते....

काठमाडौं, चैत १८: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बारा र पर्सामा आएको हावाहुरीमा परी गम्भीर घाइते भएर उपचार गराइरहेका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सोमबार दिउँसो महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर पाैडेलले हुरीबतासका घाइतेहरुलाई भेटेका हुन्। हुरीबतासमा परी गम्भीर घाइते भएकाहरूलाई सोमबार विहान नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका लागि ल्याइएको थियो।
काठमाडौंमा उपचार गराइरहेका घाइतेहरू गीता देवी, महम्मद मियाँ, समिना खातुन, किशन पटेल, अमन पटेल, सुरेश पटेल र मनोज अन्सारी तथा उनका आफन्तसँग घटनाबारेमा समेत जानकारी लिएका थिए।
प्रकाशित मिति: १७:२० बजे, सोमबार, चैत १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार










