Kathmandu Press

क्यानडाका लागि नेपाली राजदूतमा ढुंगाना नियुक्त 

काठमाडौं, चैत १८ः क्यानडाका लागि नेपाली राजदूतमा भृगु ढुंगाना नियुक्त भएका छन्। 

परराष्ट्र मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत ढुंगाना स....

क्यानडाका लागि नेपाली राजदूतमा ढुंगाना नियुक्त 

काठमाडौं, चैत १८ः क्यानडाका लागि नेपाली राजदूतमा भृगु ढुंगाना नियुक्त भएका छन्। 

परराष्ट्र मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत ढुंगाना सोमबार क्यानडाका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ढुंगानालाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

‘राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव ढुंगानालाई राजदूतमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

यसअघि संसदीय सुनुवाईबाट राजदूतका लागि नाम अनुमोदन भएपछि मन्त्रिपरिषदले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 


 

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्