Kathmandu Press

हुरीबतास पीडितलाई कांग्रेसले सांसदहरूको दुई दिनको तलब दिने

काठमाडौं, चैत १८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुरीबतास प्रभावितहरुलाई सांसदहरुको दुई दिनको पारिश्रमिक राहत वापत उपलब्ध गराउने भएक....

हुरीबतास पीडितलाई कांग्रेसले सांसदहरूको दुई दिनको तलब दिने

काठमाडौं, चैत १८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुरीबतास प्रभावितहरुलाई सांसदहरुको दुई दिनको पारिश्रमिक राहत वापत उपलब्ध गराउने भएको छ।

सोमबार कांग्रेस संसदीय दलको बैठकले बारा र पर्साका हुरीबतास पीडितलाई आफ्ना सांसदको दुई दिनको तलब राहतवापत उपलब्ध गराउने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। 

आइतबार साँझ आएको हुरीबतासका कारण कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्णपुर गाउँपालिका र परवानीपुर गाउँपालिकामा बढी धनजनको क्षति भएको छ। हुरीबतासका कारण अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी   (नेकपा) ले सांसदहरुको एक दिनको पारिश्रमिक र राजपा नेपालले पाँच लाख रूपैयाँ राहत दिने निर्णय गरिसकेका छन्। 

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, चैत १८, २०७५