बारा र पर्साका हुरीबतास प्रभावितलाई राजपाले ५ लाख रुपैयाँ राहत दिने
काठमाडौं, चैत १८ः राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्साका हुरीबतास प्रभावितलाई पाँच लाख रुपैयाँ राहत दिने भएको छ।
राजपाका अध्यक्ष ....

काठमाडौं, चैत १८ः राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्साका हुरीबतास प्रभावितलाई पाँच लाख रुपैयाँ राहत दिने भएको छ।
राजपाका अध्यक्ष मण्डलका संयोजक शरतसिंहले भण्डारीले सोमबार विज्ञप्ति जारी हुरीबतास प्रभावितलाई पाँच लाख रुपैयाँ राहत दिने जनाएका छन्। उद्धार र राहतका लागि प्रदेश सरकारले गरेको कामको प्रशंसा गर्दै राजपाले केन्द्र सरकारलाई पनि तत्परताका साथ काम गर्न आग्रह गरेको छ।
आइतबार राति आएको हुरीबतासका कारण कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्णपुर गाउँपालिका र परवानीपुर गाउँपालिकामा बढी धनजनको क्षति भएको छ।
हुरीबतासका कारण घर तथा सवारी साधन ढल्दा ३१ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्











