प्रधानमन्त्री ओली पुगे हुरीबतास प्रभावित क्षेत्रमा
बारा, चैत १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले हुरीबतास प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबा....
बारा, चैत १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले हुरीबतास प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन्। प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै बारा सदरमुकाम कलैया पुगे । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै कमी हुन नदिन निर्देशन पनि दिए।
प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश गत राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको हुरीबतासले अहिलेसम्म २७ जनाको निधन भएको जानकारी दिए।
प्रधानमन्त्री ओलीका साथ उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठ पनि छन्। हुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्णपुर गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सासद्हरुले एक दिनको तलब हुरीबतास प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ। नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई समेत अपील गरेका छन्।






