बारा–पर्सा हावाहुरीः विद्युतका दुई हजार पोल ढले, १५ करोडभन्दा बढीको क्षति
काठमाडौं, चैत १८: बारा र पर्सामा आएको हावाहुरीका कारण विद्युत प्रणालीमा व्यापक असर गरेको र निर्माणको काम भइरहेकाे नेपाल विद्युत प्राधिकरणले....
काठमाडौं, चैत १८: बारा र पर्सामा आएको हावाहुरीका कारण विद्युत प्रणालीमा व्यापक असर गरेको र निर्माणको काम भइरहेकाे नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार परावनीपुर वीरगञ्ज ६६ के.भी. डवल सर्किट लाइनमा क्षति पुगेर विद्युत आपूर्ति बन्द छ।
यसैगरी, वीरगञ्ज–कलैया ३३ के.भी. लाइन क्षतिग्रस्त रहेकाले सबै क्षेत्रमा विद्युत आपूर्ति बन्द रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार भारतबाट विद्युत आयत हुने १३२ के.भी. रक्सौल–परवानीपुर प्रसारण लाइन तथा ३३ के.भी. रक्सौल–वीरगञ्ज प्रसारण लाइन क्षतिग्रस्त भएपछि विद्युत आयात बन्द रहेको छ।
कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब एक हजारदेखि १५ सय विद्युतका पोलहरु ढलेको तथा विद्युत तारहरु विभिन्न स्थानमा चुँडिएको समेत प्राधिकरणले जनाएको छ। कलैयास्थित प्राधिकरणको सव–स्टेशन हिजो नै चन्द्रनिगाहपुर सव–स्टेशनबाट चार्ज गरेर बजार क्षेत्रमा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ।
विद्युत प्रणालीमा पुगेको नोक्सानीको पूर्ण विवरण आइनसकेको भएपनि करिब २ हजार पोल र कैयौं ट्रान्सफर्मरमा क्षति पुगेको छ। हावाहुरीका कारण करिब १० देखि १५ करोड रुपैयाँ बरावरको क्षति पुगेको प्राधिकरणको अनुमान छ। विद्युत प्रणालीको मर्मत सम्भार गरी विद्युत आपूर्ति सूचारु गर्न प्राधिकरणले आफ्नो जनाएको छ।






