Kathmandu Press

सूचना प्रविधि विधेयकमाथि सहमति जुटाउन उपसमिति गठन

काठमाडौं, चैत १८ः संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमाथि सहमति जुटाउन ७ सदस्यीय उपसमिति गठन गरेको छ।

सिंहदरबारमा ....

सूचना प्रविधि विधेयकमाथि सहमति जुटाउन उपसमिति गठन

काठमाडौं, चैत १८ः संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमाथि सहमति जुटाउन ७ सदस्यीय उपसमिति गठन गरेको छ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले सूचना प्रविधिसम्बन्धी विधेयकमा परेका संशोधन प्रस्तावमाथि छलफल गरी प्रतिवेदन तयार पार्न उपसमिति बनाएको हो। उपसमितिलाई एक महिनाभित्र विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि छलफल गरेर प्रतिवेदन बुझाउन समय दिइएको छ।

उपसमितिमा सांसदहरु राजेन्द्र लिङ्देन, अनिल झा, इन्दु शर्मा, बहादुरसिंह लामा, केदार सिग्देल, विना श्रेष्ठ र गौरीशंकर चौधरी सदस्य छन्। सूचना प्रविधि विधेयकमाथि समितिमा २८ सांसदले ९ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।
 
प्रकाशित मिति: १५:२८ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्