हुरीबतास प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स
काठमाडौं, चैत १८ : बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी प....

काठमाडौं, चैत १८ : बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा (वाटर एम्बुलेन्स) पठाएको छ।
हावाहुरीले क्षति भएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो।
पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ । फोहोरपानीलाई शुद्धीकरण गरी पिउनयोग्य बनाउन वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको छ।
पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने विशेषज्ञ पाण्डेले बताए । हिजो विनाशकारी हावाहुरीले बारा र पर्सामा जनधनको क्षति भएको छ।











