चिकित्सकसहित अनेरास्ववियूको टोली प्रभावित क्षेत्रतिर
काठमाडौं, चैत १८ : हावाहुरीका कारण प्रभावित बनेको बारा र पर्सामा उद्धारका लागि अनेरास्ववियू र अनेरास्वविय क्रान्तिकारीको पठाइएको छ।
आइतबार स....
काठमाडौं, चैत १८ : हावाहुरीका कारण प्रभावित बनेको बारा र पर्सामा उद्धारका लागि अनेरास्ववियू र अनेरास्वविय क्रान्तिकारीको पठाइएको छ।
आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ३१ ज्नाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन् । उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीसहित अनेरास्ववियूको टोली पठाएको अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य गोविन्द गिरीले बताए।
अनेरास्ववियू अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा चिकित्सकसहितको टोली बारातिर गएको उनले बताए ।
यस्तै दुवै संगठनले प्रभावित क्षेत्रमा अभिभावक गुमाएका र घरवारबिहिन भएका बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ।
दुवै संगठनले जारी गरेको संयुक्त विज्ञप्तीमा मृतकका परिवारलाई १० लाख उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचार गर्न पनि सरकारसँग माग गरेको छ।











