Kathmandu Press

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ : गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएकोमा दुःख प्रकट गरेका छन्....

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ : गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएकोमा दुःख प्रकट गरेका छन् । उनले राहत र उद्धारमा कमि हुन नदिन निर्देशन दिएका छन्।

गृहमन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको बताए । आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कमि हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको जनाएका छन्।

बारा र पर्सामा हावाहुरीले ३१ जनाको मृत्यु भएको छ । त्यसमा ६ सय १२ जना घाइते भएका छन् । जसमध्ये तीन सय ४३ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुवै जिल्लामा उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । त्यस्तै, स्थानीय बासिन्दा र राजनीतिक दलका नेता कार्यकर्ता पनि खटिएका छन्।

प्रकाशित मिति: १०:०३ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्