Kathmandu Press

प्रधानमन्त्री झापाको कार्यक्रम स्थगित गरेर बारा र पर्सा जाँदै

काठमाडौं, चैत १८ : हावाहुरीबाट बारा र पर्सामा जनधनको क्षति भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । उनी झापा र मोरङको कार्यक्रम स....

प्रधानमन्त्री झापाको कार्यक्रम स्थगित गरेर बारा र पर्सा जाँदै

काठमाडौं, चैत १८ : हावाहुरीबाट बारा र पर्सामा जनधनको क्षति भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । उनी झापा र मोरङको कार्यक्रम स्थगित गरेर बारा र पर्सा जाने भएका छन्।

झापाका तीनै कार्यक्रम स्थागित गरेर बारा र पर्सामा उद्धार र राहतकाो अनुमगन गर्न त्यहाँ जान लागेका हु । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट बारा र पर्सा जाने छन्।

हिजो राति आएको हावाहुरीबाट बारा र पर्सामा ३१ जनाको मृत्यु भएको छ । त्यसमा ६ सय १२ जना घाइते भएका छन् । जसमध्ये तीन सय ४३ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ०९:५० बजे, सोमबार, चैत १८, २०७५