Kathmandu Press

राहत र उद्दारमा खटिन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं, चैत १८ : कांग्रेस सभापति शेरबहादुर देउवाले बारा र पर्सा लगायतका तराईका जिल्लामा भएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व....

राहत र उद्दारमा खटिन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं, चैत १८ : कांग्रेस सभापति शेरबहादुर देउवाले बारा र पर्सा लगायतका तराईका जिल्लामा भएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई राहत र उद्दारमा खटिन निर्देशन गरेका छन्  ।

देउवाले सोमबार विहान सामाजिक संजाल मार्फत नेता तथा कार्यकर्ताहरुलाई बारा र पर्सा लगायतका क्षेत्रमा देखिएको प्राकृति समस्य र त्यसले निम्त्याको मानव संकटको उद्दार र राहतमा उत्रन निर्देशन गरेका हुन् । 'बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु', देउवाले सामाजिक संजालमा लेखेका छन्, 'घाईतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु ।साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र सवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।'

आईतबार रातीको हावाहुरीका कारण त्यस क्षेत्रमा ३१ भन्दा बढिले ज्यान गुमाईसकेका छन् भने ४ सयभन्दा बढि घाईते भएका छन्। 
 

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्