सरकारले भाषणबाजी होइन काम गर्नुपर्छः डा.महत
काठमाडौं, चैत १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि ....

काठमाडौं, चैत १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढनुपर्ने बताएका छन्।
उनले भाषणवाजीमात्रै गरेर विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताए। आइतबार काठमाडौंमा आयोजित कार्याक्रममा उनले भने,‘सरकारले प्रतिपक्षसँग सल्लाह गर्नुपर्छ। मुलुकमा राजनीतिक संक्रमण अन्त्य भयो। अब विकास र समृद्धिका लागि भाषणबाजी गरेरमात्रै हुँदैन, काम गर्नुपर्छ।’
डा. महतले नेपाललाई विश्वको सदासहायता रहेको बताए। उनले भने,‘नेपाललाई सधैं सबैको सदासहायता छ। तर, विकासले गति लिन सकेको छैन। अब त्यो बाटोमा मुलुकलाई लैजानु पर्छ।’
प्रकाशित मिति: १६:४१ बजे, आइतबार, चैत १७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











