Kathmandu Press

सरकारले आफ्ना असफलता लुकाउन मिडियामाथि अंकुश लगाउन खोज्योः महतो

काठमाडौं, चैत १७: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथ....

सरकारले आफ्ना असफलता लुकाउन मिडियामाथि अंकुश लगाउन खोज्योः महतो

काठमाडौं, चैत १७: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्। 

आइतबार रिपोर्टर्स क्लबको २१ औं वार्षिकोत्सव समारोहमा बोल्दै महतोले मिडियालाई नियन्त्रण गर्न खोज्नु निरंकुशताको रुप भएको बताए। ‘कता–कता यो सरकारले दुई तिहाईको दम्भले मिडियालाई आतंकित पार्ने काम गरेको आंशका उत्पन्न भएका छन्। यो धेरै दुःखद् हुन जान्छ,’उनले भने। 

लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाउनका लागि सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ। उनले भने,‘आफ्नो असफलता लुकाउनको लागि सरकारले सत्ताको दम्भ देखाउनुभएन्।’ उनले मिडियामाथि अंकुश लगाए लोकतन्त्र कमजोर हुने बताए।
 

प्रकाशित मिति: १६:३२ बजे, आइतबार, चैत १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्