Kathmandu Press

शेष घलेको जोडी अष्ट्रेलियन अर्बपतिको सूचीमा

काठमाडौं, चैत १७ : अष्ट्रेलियामा व्यवसाय गरिरहेका नेपाली मूलका शेष घले र उनी पत्नी जमुना घले अष्ट्रेलियाको अर्बपति सूचीमा परेका छन्।

यो जोडी....

शेष घलेको जोडी अष्ट्रेलियन अर्बपतिको सूचीमा

काठमाडौं, चैत १७ : अष्ट्रेलियामा व्यवसाय गरिरहेका नेपाली मूलका शेष घले र उनी पत्नी जमुना घले अष्ट्रेलियाको अर्बपति सूचीमा परेका छन्।

यो जोडी पहिलो पटक संयुक्त रुपमा अर्बपति (जोइन्ट बिलेनियर) को सूचिमा परेका हुन् । उनीहरूको संयुक्त सम्पत्ति एक अर्ब १० करोड अष्ट्रेलियन डलर पुगेकोे अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

४० वर्षअघि एक अर्काको जीवनसँग जोडिन पुगेका शेष र जमुनाले अष्ट्रेलिया पुगेर आफ्नो ब्यापार बिस्तार गरेका थिए । उनीहरूको शिक्षाको क्षेत्रमा मेलबर्न इन्स्टीट्युट अफ टेक्नोलोजी तथा विभिन्न ब्यावसायिक सम्पत्तिबाट आफ्नो ‘बिजनेस इम्पायर’ खडा गर्दै आएका छन्।

घले दम्पत्ति अष्ट्रेलियाका ‘टप १००’ धनाढ्यको सूचिमा अटाएका हुन् । जमुनाले शिक्षातर्फको ब्यबस्थापन सम्हाल्छिन् भने शेषले प्रोपर्टी बिजनेस सम्हाल्दै आएका छन्।

पछिल्लो समय उनीहरुले नेपालमा पनि लगानी विस्तार गरिरहेका छन् । उनीहरूले पाँच तारे होटलमा समेत लगानी गरिरहेका छन्।

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, चैत १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्