विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरिएपछि तीन कलेजमा तोडफोड, १५ विद्यार्थी पक्राउ
काठमाडौं, चैत १७ : पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन कलेजका विद्यार्थी परीक्षा दिनबाट बञ्चित गरिएपछि नेवि संघका कार्यकर्ताले ति कलेजमा तोडफोड ....
काठमाडौं, चैत १७ : पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन कलेजका विद्यार्थी परीक्षा दिनबाट बञ्चित गरिएपछि नेवि संघका कार्यकर्ताले ति कलेजमा तोडफोड गरेका छन्।
विश्वविद्यालय र कलेजको लापरवाहीले तीन कलेजका तीन सय ९१ विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् । काठमाडौंको एपेक्स कलेज, राजधानी कलेज र एसआईएएम कलेजका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन्।
पोखरा विश्वविद्यालय बोर्डले उनीहरूको परीक्षा फम रद्द गरेको छ । विश्वविद्यालय बोर्डले उनीहरूको योग्यता नपुगेको तर्क गरेको छ।
वर्षभरि पढेर अन्तिममा परीक्षाबाट बञ्चित भएपछि विद्यार्थी पनि आन्दोलनमा छन्।
उनीहरूको भविष्यमाथि खेलवाड गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीले तीन कलेजमा तोडफोड पनि गरेका छन्।
प्रदर्शनमा उत्रिका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा उत्रिका १५ विद्यार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।






