प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै
काठमाडौं, चैत १७ : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ।
यसका लागि आज संसदीय सुनुव....

काठमाडौं, चैत १७ : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ।
यसका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्ने समितिले जनाएको छ। संवैधानिक परिषदको चैत ११ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सिफारिस गरेको थियो।
यस अघि प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादव कार्यरत थिए । उनले चैत १० गते अवकास पाएका छन्। उनीसँगै आयुक्त इला शर्माले पनि अवकास पाएकी थिइन् । आयुक्तमा भने सिफारिस गरिएको छैन्।
प्रकाशित मिति: ११:१३ बजे, आइतबार, चैत १७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











