Kathmandu Press

सरकार तानाशाह लाद्ने बाटोमा : देउवा

तम्घास, चैत १७ : पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार तानाशाह लाद्ने बाटोमा अघि बढेको बताएका छन् । 

सरकार तानाशाह लाद्ने बाटोमा : देउवा

तम्घास, चैत १७ : पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार तानाशाह लाद्ने बाटोमा अघि बढेको बताएका छन् । 

सरकार बनेपछिनै जनताको हितमा नभई व्यक्तिगत हितलाई प्राथमिकतामा राखेर अघि बढेको उनको आरोप छ । गुल्मीको तम्घासमा आयोजित नेपाली कांग्रेस जिल्ला सम्मेलनमा बोल्दै उनले सरकार सेनालाई पनि नियन्त्रणमा लिन खोजेको बताए । 

“सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको छ” देउवाले भने ।  

जनतालाई शुसासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साटो वर्तमान सरकार जनतालाई कर बढाएर बोझ थुपार्न उद्यत रहेको पनि देउवाको धारणा थियो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस  नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सङ्घीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए । उनले वर्तमान सरकार राष्ट्रवादको भ¥याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गरे । 

प्रकाशित मिति: ०७:५० बजे, आइतबार, चैत १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्