Kathmandu Press

विषाक्त हावामा सास फेर्न बाध्य दक्षिण एसियालीहरू

सबैभन्दा प्रदूषित सहरहरूबीच विश्वव्यापी प्रतिस्पर्धा हुने भए दक्षिण एसियाली सहरहरूले सबैलाई उछिन्थे होलान्!

ग्रिन पिस र एयर भिजुअलले सन् २०१८ मा विश्वका २० स....

विषाक्त हावामा सास फेर्न बाध्य दक्षिण एसियालीहरू

सबैभन्दा प्रदूषित सहरहरूबीच विश्वव्यापी प्रतिस्पर्धा हुने भए दक्षिण एसियाली सहरहरूले सबैलाई उछिन्थे होलान्!

ग्रिन पिस र एयर भिजुअलले सन् २०१८ मा विश्वका २० सबैभन्दा प्रदूषित सहरहरूको सूची सार्वजनिक गरेको थियो। जसमध्ये १८ वटा भारत, पाकिस्तान र बंगलादेशका सहर थिए। १५ वटा त भारतकै मात्र थिए। 

विश्वका दश हजारभन्दा धेरै स्थानबाट हावाको गुणस्तर सम्बन्धी ‘रियल–टाइम डाटा’ संकलन गर्ने एयर भिजुअलले पिएम २.५ को मात्राको आधारमा प्रदूषित सहरहरूको सूची सार्वजनिक गर्दै आएको छ। 

Hardik ivf

सूचीको शीर्ष स्थानमा भारतको गुरूग्राम र गाजियाबाद दोश्रो स्थानमा छ। पाकिस्तानको फैसलाबाद तेश्रो र लाहोर दशौं स्थानमा छ। बंगलादेशको राजधानी ढाका १७औं स्थानमा छ। चीनको होतान आठौं र कास्गार १९औं स्थानमा छ। काठमाडौं सयौं स्थानमा छ।

एक दशकअघि यो वरियतामा चिनियाँ सहरहरूको बाहुल्य थियो।

प्रतिवेदन अनुसार सन् २०१७ देखि २०१८ सम्म चिनियाँ सहरमा प्रदूषकको औसत घनत्व १२ प्रतिशतले घटेको छ। वर्षाैंदेखि विश्वकै सबैभन्दा प्रदूषित स्थानमा रहँदै आएको बेइजिङ अहिले विश्वको प्रदूषित सय सहरमा पनि परेन। यो सूचीमा बेइजिङ १२२औं स्थानमा छ।

वायु प्रदूषण न्यूनिकरण सम्बन्धी नीति र राणीति कडाईका साथ कार्यान्वयन गरेर चीनले यस्तो नतिजा हासिल गरेको हो। 

झण्डै दुई अर्ब जनसंख्या भएको दक्षिण एसियाले पनि यस्तै गर्न सक्ला ? रोग र अल्पायुमै हुने मृत्यु दर बढ्नुअघि वायु प्रदूषण नियन्त्रण गर्न सक्ला? नीति, प्रविधि र जीवनशैलीमा के–कस्तो परिवर्तन आवश्यक छ? अनि दक्षिण एसियाली सरकारसँग वायु प्रदूषण गर्ने राजनीतिक इच्छाशक्ति छ त?

स्वास्थ्यको भार
लामो समयदेखि प्रदूषित हावालाई श्वासप्रश्वास सम्बन्धी रोगसँग जोडेर हेर्ने गरिएको छ । नयाँअध्ययनमा वायु प्रदूषणले अन्य रोग पनि लाग्ने पत्ता लागेको छ।

दशमध्ये नौ जनाले प्रदूषकको मात्रा उच्च भएको हावामा सास फेर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनको तथ्याङ्क अनुसार मसिना कण भएका प्रदूषित हावामा सास फेरेकै कारण वार्षिक करिब ७० लाखको अकालमै मृत्यु हुने गर्छ। यसरी हुने ९० प्रतिशत मृत्यु न्यून र मध्यम आय भएका देश विशेष गरी एसिया र अफ्रिकामा हुने गर्दछ।

विश्वका ४० प्रतिशतभन्दा धेरै जनसंख्या खाना पकाउने सफा इन्धनको अभावमा छ। यसले विशेष गरी महिला र बालबालिका घरभित्रै हुने वायु प्रदूषणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

वायु प्रदूषकमध्ये पिएम २.५ ले स्वास्थ्यमा सबैभन्दा धेरै प्रभाव पार्दछ। इन्धनबाट चल्ने सवारी साधन, औद्योगिक गतिविधि वा काठ र कोइला जल्दा उत्पन्न हुने यस्ता मसिना कण फोक्सो र श्वासप्रश्वास तथा रक्तसञ्चार प्रणालीसम्म पुग्छन्। पिएम २.५ भएको हावामा लामो समय सास फेर्नाले, हृदयाघात, फोक्सोको क्यान्सर, मुटुरोग, निमोनिया जस्ता रोग लाग्न सक्छन्।

सन् २०१३ मा विश्व स्वास्थ्य संगठनले वायु प्रदूषकलाई ‘कार्सिनोजेनिक’ वर्गिकरण गरेको थियो। यस्ता तत्वले क्यान्सर हुनसक्छ। वायु प्रदूषणले फोक्सोको क्यान्सर हुनसक्ने र ब्लाडरको क्यान्सरको जोखिम पनि बढाउने इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आएएआरसि)ले जनाएको छ। आएएआरसि विश्व स्वास्थ्य संगठनको विशेषज्ञ शाखा हो।

पिएम २.५ को स्वास्थ्य जोखिम न्यूनिकरण गर्न प्रदूषणको मात्रा वार्षिक औसत १० माइक्रोग्राम प्रति घन मिटरभन्दा कम हुनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। युनाइटेड स्टेट्स एयर क्वालिटी इन्डेक्स (युएस एक्युआइ) ले १२ माइक्रोग्राम प्रति घनमिटरलाई हावाको ‘राम्रो’ गुणस्तर मानेको छ। यो विश्वमा सबैभन्दा धेरै प्रयोग गरिएको मानक हो।

मापन सुधार्ने
एयरभिजुअलको सन् २०१८ को प्रतिवेदनले दक्षिण एसियामा अनुगमन गरिएका ८४ ओटा शहरको हावाको गुणस्तर सम्बन्धी तथ्याङ्क सूचिकृत गरेको छ। तीमध्ये ९९ प्रतिशत शहरमा पिएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी छ। समग्रमा, दक्षिण एसियाका शहरमा संगठनले तोकेको सीमाभन्दा ६ गुणा बढी प्रदूषण छ। (प्रतिवेदनमा इरानलाई दक्षिण एसियाको एउटा भाग भनेर समावेश गरिएको छ भने भुटान र माल्दिभ्सजस्ता साना राज्यलाई समावेश गरिएको छैन ।)

यो क्षेत्रमा पिएम २.५ को मुख्य श्रोत मानव निर्मित सवारी साधनको इन्धन उत्सर्जन, मलका लागि खेतबारीका झाडीमा लगाइने आगो, औद्योगिक उत्सर्जन र कोइला दहन हुन्।

तर स्थान र समय अनुसार प्रदूषकको स्तरमा हुने भिन्नताबारे सीमित बुझाइ छ।

उत्तर भारतबाट आउने प्रदूषक छिमेकी देश नेपालका लागि गम्भीर चिन्ताको विषय हो। जाडो मौसममा हुने नेपालको एक तिहाइ प्रदूषण सीमापारिबाट उडेर आउने गरेको अनुसन्धानले देखाएको छ।

‘रियल–टाइम डाटा’ उत्पादन गर्ने वायु प्रदूषण मापन केन्द्रको अभावका कारण यस्तो भएको हो। तुलनात्मक रूपमा भारत र इरानमा धेरै छ तर त्यहाँ पनि सबै स्थानमा समान रूपले उपलब्ध छैन। उदाहरणका लागि, दिल्लीमा सबैभन्दा वायु प्रदूषण नाप्ने संयन्त्र छ। वायु प्रदूषणको सवालमा ‘मिडिया कभरेज’पनि शहरले धेरै पाउँछ । तर भारतका अन्य सात शहरमा पनि उच्च पिएम २.५ दर रहेको सन् २०१८ को प्रतिवेदनले देखाएको छ।

‘अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत दक्षिण एसियाका बहुमत देशमा सरकारी सहयोगप्राप्त रियल–टाइम पब्लिक स्टेसनको अभाव छ,’ प्रतिवेदनमा भनिएको छ । यी देशमा कि त अमेरिकी दूतावासले नभए नागरिक समाज नेतृत्वको अनुगमन सञ्जालले प्रदूषण सम्बन्धी तथ्याङ्क संकलन गर्दछ।

वायु प्रदूषणको व्यापक र गुणस्तरीय मापनले अन्तरसीमा वायु प्रदूषणमाथि पनि प्रकाश पार्न सक्छ। उदाहरणका लागि, उत्तर भारतबाट आउने प्रदूषक छिमेकी देश नेपालका लागि गम्भीर चिन्ताको विषय हो। जाडो मौसममा हुने नेपालको एक तिहाइ प्रदूषण सीमापारिबाट उडेर आउने गरेको अनुसन्धानले देखाएको छ।

यसका लागि अन्तरसीमा समन्वय र सहयोग आवश्यक देखिएको छ । नेपालको पाँच–छ सय इँटाभट्टा बन्द गर्दा भारतको दशौं हजार इँटाभट्टाले उत्पादन गर्ने प्रदूषण हट्दैन।

‘आपतकालमा सहयोग गर्नेबाहेक समग्र उत्तरी दक्षिण एसियाले खाना पकाउने सफा इन्धनदेखि, सफा इँटा उत्पादन र सफा यातायातसम्म, सफा र थोरै प्रदूषण गर्ने प्रविधिमा जोड दिनुपर्ने आवश्यकता छ,’ अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) नेपालका वरिष्ठ वायुमण्डलीय वैज्ञानिक अरनिको पान्डेले बताए।

समाधानहरू
हावाको गुणस्तर मापनमा सुधार र निरन्तर वैज्ञानिक अनुसन्धान भए पनि, वायु प्रदूषणको समस्या समाधान गर्न दक्षिण एसियाली शहरका प्रशासक र राष्ट्रिय सरकारले योजनाबद्ध प्रयास गर्नुपर्छ।

यु.एन. इन्भाइरोन्मेन्टको पछिल्लो प्रतिवेदन ‘एयर पोल्युसन इन एसिया एन्ड द प्यासेफिकः साइन्स–बेस्ड सोल्युसन्स’ (अक्टोबर २०१८) ले यी देशहरूलाई सहयोग गर्नसक्ने २५ ओटा नीतिगत हस्तक्षेप पहिचान गरेको छ।

ती नीतिगत हस्तक्षेप तीन प्रकारका छन् । पहिलो – पिएम २.५ उत्सर्जन नियन्त्रण गर्न केन्द्रित परम्परागत उत्सर्जन नियन्त्रण विधिहरू; दोश्रो – त्यस्ता उत्सर्जन न्युनिकरण गर्नलाई हावाको गुणस्तर मापन गर्ने संयन्त्रको स्थापना र तेश्रो – हावाको गुणस्तरमा सुधार ल्याउँदै विकास लक्ष्यमा योगदान दिने उपायहरू।

सफा इन्धन प्रयोग गर्ने चुल्हो, विद्युतीय सवारी साधन र नविकरणीय उर्जा श्रोत जस्ता उपलब्ध प्रविधिलाई उपयुक्त नीति र करमा ‘इन्सेन्टिभ’ दिएर मूलधारमा ल्याउन सकिन्छ । खेतीपाती गर्ने विधिमा सुधार र जमिन उपभोगका अन्य अभ्यासले धुलो र मोसो उत्पादन कम गर्न सहयोग गर्नसक्छ। दक्षिण एसियामा वायु प्रदूषणको मुख्य कारण नै यी दुई हुन्।

अन्त्यमा, नीति जति नै राम्रो बनाए पनि तिनको कार्यान्वयन नभएसम्म नतिजा देखिदैंन । सफलता – सुशासन र राजनीति इच्छाशक्तिमै निर्भर छ। वायु प्रदूषण नियमनका लागि प्रष्ट म्यान्डेट बोकेको सरकारी निकायले ‘वायु प्रदूषण कम गर्ने थुप्रै विधिहरू सफलतापूर्वक अवलम्बन गर्न महत्वपूर्ण भूमिका’ खेल्ने यु.एन.इन्भाइरोन्मेन्टले जनाएको छ।

हावाको गुणस्तर सुधार्ने चीनको रणनीति अध्ययनयोग्य छन् । तर चीनको केन्द्रिकृत र राज्यनियन्त्रित प्रणाली अन्तर्गत प्रभावकारी रूपले काम गरेका विधि लोकतन्त्र वा गणतन्त्रमा त्यस्को प्रत्यक्ष अनुकरण नहुनसक्छ।

एउटा चिनियाँ अनुभव अनुकरणीय छ। बेइजिङको हावा विश्वकै प्रदूषित हुँदा, कति ‘आउटडोर एक्टिभिटी’ सुरक्षित हुन्छ भन्ने निर्णय गर्न बेइजिङवासीले पिएम २.५ दैनिक जाँच्ने गर्थे। अनि घरबाहिर निस्कन्थे। मौसम सम्बन्धी पूर्वानुमानसँगै हावाको गुणस्तर सूचकांक मापनलाई पनि बेइजिङका सञ्चार माध्यमले प्रचारप्रसार गरे।

हावाको गुणस्तरमा सुधार ल्याउन समय, मेहनत र दृढता चाहिन्छ। अझ धेरै सचेतनाले दक्षिण एसियालीलाई प्रदूषकको ‘एक्सपोजर’ कम गर्न र केही आधारभूत सावधानी अपनाउन सहयोग गर्नसक्छ।

नालाका गुनवर्दनले श्रीलंकाका विज्ञान लेखक हुन्। तीन दशकदेखि विज्ञान, वातावरण र सार्वजनिक स्वास्थ्यका मुद्दामा उनले लेख्दै आएका छन्। यो लेख मोङ्गावेबाट अनुदित हो। 

प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, चैत १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्