अर्थ आवर : तपाईंले पनि आज राति बत्ती निभाउने होइन?
काठमाडौं, चैत १६ : आज विश्वभर अर्थ आवर मनाइँदैछ । प्राकृतिक स्रोत साधनको अत्यधिक दोहनका कारण पृथ्वीले भोग्नुपरेको विनाशकारी संकटप्रति जनचेतना जगा....

काठमाडौं, चैत १६ : आज विश्वभर अर्थ आवर मनाइँदैछ । प्राकृतिक स्रोत साधनको अत्यधिक दोहनका कारण पृथ्वीले भोग्नुपरेको विनाशकारी संकटप्रति जनचेतना जगाउने उद्देश्यले विश्व वन्यजन्तु कोषको पहलमा सन् २००७ देखि अर्थ आवर मनाइन थालिएको हो ।
विश्व वन्यजन्तु कोष नेपालले पनि विभिन्न कार्यक्रम गरी आज शनिबार अर्थ आवर मनाएको छ । यस अवसरमा काठमाडौंको भृकुटी मण्डपमा वातावरणमैत्री सामाग्रीहरूको प्रदर्शन गरिनुका साथै जनचेतनामूलक गीतसंगीत पनि प्रस्तुत गरिएको थियो ।

अर्थ आवर मनाउने क्रममा आज राति एक घण्टासम्म ठाउँठाउँमा सामूहिक रुपमा बत्ती निभाउने कार्यक्रम छ ।
भिडियाे रिपाेर्ट
पेरिसको आइफेल टावर, बेलायतको बकिङघम प्यालेस र अष्ट्रेलियाको सिड्नी अपेरा हाउसजस्ता ठाउँहरूमा पनि हरेक अर्थ आवरको रात एक घण्टा बत्ती निभाइने गरिन्छ ।

तपाईंले पनि आज साँझ एक घण्टा आफ्नो घर, कार्यालयका बत्ती निभाई पृथ्वीको संकटपूर्ण भविष्यप्रति आफ्ना साथी–छरछिमेकको ध्यान आकृष्ट गर्न सक्नुहुन्छ ।












