Kathmandu Press

नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने आइएफसीको प्रतिबद्धता

काठमाडौं, चैत १६ः  अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। 

होटल सोल्....

नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने आइएफसीको प्रतिबद्धता
फाइल फोटो

काठमाडौं, चैत १६ः  अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। 

होटल सोल्टीमा जारी लगानी सम्मेलनलाई शनिबार सम्बोधन गर्दै आइएफसीका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्। ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको निगमले आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो। 

उपाध्यक्ष पिटरले आफूहरु नेपालमा लगानी गर्न तयार रहेकाले त्यसका लागि निजी क्षेत्र पनि तयार हुनु पर्ने बताए।  उनले नेपालका निजी क्षेत्रले विदेशी पूँजी र विशेषज्ञतालाई स्वागत गर्नु पर्ने पनि बताए।

उनले आइएफसीले गर्ने एक अर्ब अमेरिकी डलर लगानीले नेपालको विकासमा टेवा पु¥याउने पनि विश्वास व्यक्त गरेका छन्।
 
प्रकाशित मिति: १६:४४ बजे, शनिबार, चैत १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्