Kathmandu Press

पार्टी विधि र पद्दतिअनुसार चल्न सकेन: सिंह

काठमाडौं, चैत १६: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन्।

कांग्रेस टोखा नगरपालि....

पार्टी विधि र पद्दतिअनुसार चल्न सकेन: सिंह

काठमाडौं, चैत १६: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन्।

कांग्रेस टोखा नगरपालिका–११ ले शनिबार आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन्। 

'मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन,' उनले भने। पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाउँदै गएको बताए। 

कांग्रेसले इतिहासले मात्र भजाएर हुँदैन भविष्यका लागि सोच्नु जरुरी रहेको उनको भनाइ छ। उनले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा भए पनि विकास बजेट खर्च हुन नसक्नु दुःखद भएको बताए।

नेता सिंहले स्थानीय तथा प्रदेश सरकार सञ्चालनका लागि चाहिने आवश्यक ऐन, कानून, नीतिनियम बनाउन ढिला गरेर सरकारले सक्षमताका साथ सरकारको नेतृत्व गर्न नसकेको आरोप लगाए। 
 

प्रकाशित मिति: १५:४६ बजे, शनिबार, चैत १६, २०७५