Kathmandu Press

एसियाली विकास बैंकले ७० प्रतिशत पूर्वाधारमा लगानी गर्ने 

काठमाडौं,  चैत १६ : एसियाली विकास बैकले नेपालमा ७० प्रतिशत पूर्वाधारमा लगानी गर्ने घोषणा गरेको छ । 

सरकारले आयोजना गरेको लगानी सम्....

 एसियाली विकास बैंकले ७० प्रतिशत पूर्वाधारमा लगानी गर्ने 

काठमाडौं,  चैत १६ : एसियाली विकास बैकले नेपालमा ७० प्रतिशत पूर्वाधारमा लगानी गर्ने घोषणा गरेको छ । 

सरकारले आयोजना गरेको लगानी सम्मेलनमा बोल्दै एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेङले नेपालमा लामो समय देखि विभिन्न आयोजनाहरुमा लगानी गरिरहेको उल्लेख्य गर्दै अव ७० प्रतिशत पूर्वाधारमा केन्द्रीत गर्ने घोषणा गरेका हुन् । ‘हामी लगानीको ७० प्रतिशत पुर्वाधार निर्माणमा खर्च गर्ने छौ’ एसियाली विकास बैकका उपाध्यक्ष उपाध्यक्ष चेङले भने ।

अनुवभ आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै गैरआवसीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले नेपालमा लगानीको अवसर धेरै रहेकोले विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरे ।  साना समस्य रहे पनि नेपालमा लगानी गर्नेलाई ठुला समस्य नभएको उनको भनाई थियो ।  

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले  नेपालमा लगानीको वातावरण विगतमा पनि राम्रो रहेको उल्लेख गर्दै अहिले झनै स्थिर सरकारसंगै लगानीकर्तालाई राम्रो अवसर आएको बताईन् । ‘विगतमा राजनैतिक वातावरण लगानीमैत्रि थिएन अहिले सहज छ’ राणाले भनिन्। 
 

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, चैत १६, २०७५