परीक्षा स्थगित गरेको विरोधमा मधेसमा विद्यार्थीहरु आन्दोलित
जनकपुर, चैत १६ : एसईईको प्रश्नपत्र आउट भएर परीक्षा स्थगित भएपछि आक्रोशित प्रदेश २ का परीक्षार्थीहरुले आज विहानैदेखि बिभिन्न ठाउँमा प्रदर्शन गरेक....
जनकपुर, चैत १६ : एसईईको प्रश्नपत्र आउट भएर परीक्षा स्थगित भएपछि आक्रोशित प्रदेश २ का परीक्षार्थीहरुले आज विहानैदेखि बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
बिज्ञान र सामाजिक दुईवटा बिषयको प्रश्नपत्र आउट भएपछि सरकारले शुक्रबार प्रदेश २ को परिक्षा अनिश्चितकालसम्मका लागि स्थगित गर्ने घोषणा गरेको थियो ।
आज सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् ।
परीक्षा स्थगितको बिरोधमा परीक्षार्थीले प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरेका छन् । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको छ ।






