प्रदेश २ को एसइई परीक्षा स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं, चैत १५: सरकारले प्रदेश नम्बर २ को एसइई परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। तर, अन्य ६ प्रदेशमा भने परीक्षा जारी रहन....
काठमाडौं, चैत १५: सरकारले प्रदेश नम्बर २ को एसइई परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। तर, अन्य ६ प्रदेशमा भने परीक्षा जारी रहने छ।
शुक्रबार साँझ सिंहदरबारमा पत्रकार सम्मेलन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ को एसइई परीक्षा स्थगित गरिएको जानकारी दिए। उनले प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको आग्रहलाई मध्यनजर गर्दै चैत २१ चैतसम्मका सबै परीक्षा स्थगित गरिएको बताए।
बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि चैतद २१ गतेसम्मका लागि प्रदेश २ को एसइई परीक्षा स्थगन गरिएको हो। मन्त्री पोखरेलले प्रदेश २ को स्थगित परीक्षाको तालिका पछि सार्वजनिक गरिने जानकारी दिए। तर, यसअघि चैत २२ गतेका लागि तोकिएको विज्ञान विषयको परीक्षा भने सञ्चालन हुने मन्त्री पोखरेलले बताए।
प्रदेश २ मा २६२ परीक्षा केन्द्रमा ७० हजार ५६८ परीक्षार्थी एसइई परीक्षामा सहभागी भएका छन्।






