Kathmandu Press

अनुशासनहिन अभिव्यक्ति दिनेलाई कारबाही गर : तरुण दल

काठमाडौं, चैत १५ : नेपाल तरुण दलले पार्टी सभापति र पार्टीका नेताहरुलाई कमजार बनाउने गरी विभिन्न अभिव्यक्तिहरु आएको भन्दै त्यस व्यक्तिहरुप्रति तत्काल अ....

अनुशासनहिन अभिव्यक्ति दिनेलाई कारबाही गर : तरुण दल

काठमाडौं, चैत १५ : नेपाल तरुण दलले पार्टी सभापति र पार्टीका नेताहरुलाई कमजार बनाउने गरी विभिन्न अभिव्यक्तिहरु आएको भन्दै त्यस व्यक्तिहरुप्रति तत्काल अनुशासनको कारबाही गर्न माग गरेको छ । 

शुक्रबार दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै पार्टी सभापति र नेताहरुलाई आधारहिन आरोप लगाउने कार्य पार्टीको जनआधार कमजोर बनाउने भएकाले यसलाई सहन नसक्ने उल्लेख गरेका छन् । ‘पार्टी हित र अनुशासन विपरित पार्टी नेताहरुलाई मिथ्या आरोप लगाउनेहरुलाई अनुशासनको कारवाही गर्न पार्टीको सम्वद्ध निकायसँग नेपाल तरुण दल जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा सैद्धान्तिक रुपमा दृढ र अनुशासित पार्टी नेपाली कांग्रेसमा पार्टीलाई कमजोर बनाउने विभिन्न अभिव्क्ति र गतिविधिप्रति तरुण दल सचेत रहेको पनि उल्लेख गरिएको छ । ‘पार्टी नेताहरुको मर्यादाको रक्षा र नेपाली कांग्रेसको रक्षाका लागि तरुण दलले आवस्यक दृढ र ठोस कदम चाल्ने अवस्थाको सृजना भएमा त्यसका लागि तयार हुन समेत तरुणहरुलाई अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ । 

दलले पार्टीका नेताहरुप्रति अनावस्यक आरोप लगाउने कार्य केही व्यक्तिहरुबाट भएको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेको हो । 

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, चैत १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्