Kathmandu Press

समृद्धिका लागि सीप, उत्पादन र बजारीकरण महत्वपूर्ण: मन्त्री अर्याल

काठमाडौं, चैत १५: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने बताएकी छिन्।

....
समृद्धिका लागि सीप, उत्पादन र बजारीकरण महत्वपूर्ण: मन्त्री अर्याल

काठमाडौं, चैत १५: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने बताएकी छिन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अनेमसंघसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले समृद्धिका लागि सीप, उत्पादन र बजारीकरणलाई सँगै जोडेर लैजानुपर्ने बताएकी हुन्। 'मुख्य रूपमा तीन कुरालाई जोड दिनुपर्छ एक सीप सिकाउने, दोस्रो उत्पादन गर्ने र तेस्रो उत्पादित वस्तुको बजारीकरण गर्ने,' मन्त्री अर्यालले भनिन्,'यी तीन कुरालाई जोड्न सकेनौं भने हामी अघि बढ्न सक्दैनौँ।' 

मन्त्रालयले २६ जिल्लामा गरिब पहिचान गरेको भन्दै उनले अब त्यसअनुसार कुन क्षेत्रमा कस्तो गरिब लक्षित कार्यक्रम बनाउने भनेर योजना बनाउने बताइन्। गरिबीको अन्त्यका लागि सहकारीको मोडल उत्तम भएको भन्दै उनले सहकारीमार्फत सामूहिक उत्पादनमा जोडेर उत्पादित वस्तु सातै प्रदेशमा बजारीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने बताइन्। 

कतिपय गरिब लक्षित कार्यक्रमका कार्यक्रम सञ्चालन निर्देशिका लक्षित वर्गमैत्री नभएकाले त्यसबाट लक्षित वर्ग लाभान्वित हुन नसकेको भन्दै मन्त्री अर्यालले सहकारीभित्र रहेका कतिपय अप्ठ्यारालाई फुकाउने प्रयास गरिएको बताइन्। बाधा अड्काउ फुकाउन सहकारी नियमावली संशोधन गरेको जानकारी दिँदै मन्त्री अर्यालले केही ऐनमा भएका व्यवस्थालाई पनि संशोधन गर्नुपर्ने आवश्यकता देखिएको बताइन्। 

नेपालमा पहिलोपटक भूमी नीति र भू-उपयोग ऐन ल्याएको भन्दै मन्त्री अर्यालले यसले समग्र भूमीको व्यवस्थापन गर्ने बताइन्। भूमि नीतिमा संयुक्त लालपूर्जादेखि, महिलाको स्वामित्वको पहुँच स्थापित गरेको उनले बताइन्। भू-उपयोग ऐनमार्फत भूमिको चक्लाबन्दीको शुरूवात जनस्तरबाट गर्ने कार्यको थालनी गरिएको भन्दै मन्त्री अर्यालले झापाबाट यसको थालनी भइसकेको बताइन्।

खेतियोग्य जमिन बाँझो नराख्ने भनेर जरिवानाको कुरा गरिएको समेत उनले प्रष्ट पारिन्। सेवा प्रवाहका सन्दर्भमा कसरी छितोछरितो सेवाग्राहीलाई सेवा दिने भनेर मन्त्रालय लागेको भन्दै मन्त्री अर्यालले त्यसैअनुसार डिजिटल मालपोत/नापीको अवधारणा ल्याएको बताइन्। 

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, चैत १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्