कक्षाकोठामा पढ्दै गगन थापा
काठमाडौं, चैत १५ : चर्चित युवा नेता एवं सांसद गगन थापा यतिबेला कक्षाकोठमै बसेर पढ्न थालेका छन्।
सांसद थापा अमेरिकाको हावर्ड विश्वविद्यालयअन्....
काठमाडौं, चैत १५ : चर्चित युवा नेता एवं सांसद गगन थापा यतिबेला कक्षाकोठमै बसेर पढ्न थालेका छन्।
सांसद थापा अमेरिकाको हावर्ड विश्वविद्यालयअन्तर्गतको हावर्ड केनेडी स्कुलमा पढ्न थालेका हुन् । उनी ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापाी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्षका लागि केनेडी स्कुल पुगेका हुन्।
उनी केही दिन अघि अमेरिकीका गएका थिए । अहिले पढाइ शुरु भइसकेको छ । उनी त्यही कोर्षको पढाइमा तल्लिन छन्।
कक्षाकोठामा बसिरहेको सांसद थापाको तस्विर नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक संजालमा राखेको छ।
सांसद थापाले केनेडी स्कुलमा कक्षाकोठामा बसेर पढाइ शुरु गर्दा रमाइलो लागीरहेको बताएका छन् । ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ,’ थापाले भनेका छन्, ‘सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुष गरीरहेको छु। एकदमै रमाइलो लागेको छ।’
उनी दुई साता हावर्ड केनेडी स्कुलमै हुने छन् । पढाइ सकेर चैत ३० गते नेपाल फर्किने जनाएको छ।
उनले यो कोर्षका लागि गत वर्ष नै छात्रवृत्ति पाएका थिए । समय नमिलेका कारण जान सकेका थिए।






