Kathmandu Press

विप्लवका नगरकोट इन्चार्जसहित दुई पक्राउ

भक्तपुर, चैत १५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नगरकोट इन्चार्जसहित दुई जनालाई पक्राउ गरिएको छ।

काभ्रे मण्डन देऊपु....

विप्लवका नगरकोट इन्चार्जसहित दुई पक्राउ

भक्तपुर, चैत १५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नगरकोट इन्चार्जसहित दुई जनालाई पक्राउ गरिएको छ।

काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँका ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए । उनीसँगै सविन विक ‘विरही’लाई पनि पक्राउ गरेको छ।

त्यस्तै, सुर्खेत जिल्ला प्रहरी कार्यालयले पनि विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य गोमा खड्का (ओली) लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

 

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, चैत १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्